नियम ३४
बाधा विरोध गर्नेलाई जरिवाना गर्ने कार्यविधि
(१) विभागले अनुसन्धान तथा तहकिकात सम्बन्धी काममा बाधा विरोध गर्नेलाई जरिवाना गर्नु पर्ने कारण तथा आधार खोली बढीमा तीन दिनको म्याद दिई आफ्नो सफाई पेश गर्न समय दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र सफाई नदिएमा वा पेश गरेको सफाई सन्तोषजनक र मनासिव नभएमा त्यस्तो व्यक्तिलाई विभागले ऐनको दफा २४ बमोजिम जरिवाना गर्न सक्नेछ ।